चितवनमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ४२ पुग्यो

Posted by

चितवन,सोमवार, असार ८, २०७७–

चितवनमा आज (सोमबार) थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

जसमध्ये माडी नगरपालिकाका ४ जना र भरतपुर महानगरपालिकाका एक जना रहेका छन् । भरतपुर–१९ कोभिड प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला स्रोतका अनुसार माडी नगरपालिका वडा नंं.२, ५, ६ र ८ का ४७, २८, ३४ र ३२ वर्षका पुरुषहरु रहेका छन् ।

यस्तै भरतपुर महानगरपालिका वडा नं.२८ का २९ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै चितवनमा हालसम्म संक्रमितको संख्या ४२ पुगेको छ ।