चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि

Posted by

चितवन, २८ भदौ – चितवनमा थप ७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । भरतपुर अस्पताल कोरोना परिक्षण प्रयोगशालामा गए राति गरीएको परिक्षणमा चितवनका ४ सहित ७ जनामा कोरोन संक्रमण पहिचान भएको भरपुर अस्पताल स्रोतले जानकारी दिएको छ । 

भरतपुर महानगरपालिका २, ८, ११, २८ का २४ र ४७ बर्षीय २ पुरुष तथा ५८ र ६९ बर्षीय २ जना महीला संक्रमित बनेका छन् । यस्तै सुर्खेतका २६ बर्षीय १ महिला , रौतहटका २६ बर्षीय महीला र धनुषाका ३२ बर्षीय एक पुरुषमा संक्रमण पहिचान भएको हो ।

गए राति गरीएका ३ सय १७ स्वाबका नमुनामा ७ जनाको पोजेटिभ रीपोर्ट र  बाँकी ३ सय १० जनाको स्वाबको रिपोर्ट भने नेगेटिभ आएको भरतपुर कोरोना परीक्षण प्रयोगशाला प्रमुख  डा। नितु अधिकारीले जानकारी दिनु भयो । योसहित चितवनमा कोरोना संक्रमितको संख्या १२ सय नाघेको छ ।