चितवनमा दुई मोटरसाइकल एक आपसमा ठोक्कियो, एकको अवस्था गम्भिर

Posted by

पुस २, २०७६ चितवन – चितवनको रत्ननगरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा एक जना गम्भिर घाइते भएका छन् । रत्ननगर १ भक्तेनि स्थित भित्री सडक खण्डमा चित्रसारीबाट सौराह तर्फ आउदै गरेको ना६प ३९४५नं. को मोटरसाइकल र बिपरित दिशा बाट आउदै गरेको वान टेस्ट मोटरसाइकल एक आपसमा ठोक्किदा ना६प ३९४५नं. को मोटरसाइकलका चालक अन्दाजी ३२ बर्षिय पुरुष गम्भिर घाइते भएका छन् ।

घाइतेको नाम ठेगाना खुल्न नसकेको ईलाका प्रहरी कार्यालय टाँडीले जानकारी दिएको छ । घाइतेलाई उपचारको लागी पुरानो मेडिकल तर्फ ल्याईएको प्रहरीले जनाएको छ ।ना६प ३९४५नं. को मोटरसाइकलले शुरुमा साईकललाई ठक्कर दिए पछी अनियन्त्रित भई अर्को मोटरसाइकलसँग ठोक्किएको प्रहरीले जनाएको छ ।