चितवनमा बालिका यौन दुव्र्यवहार गरेको आरोपमा एक पक्राउ

Posted by

चितवन, जेठ १३–

बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा चितवन प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ ।

पूर्वीचितवनको रत्ननगर नगरपालिका वडा नम्बर–१५ माधवपुरस्थित मामाघरमा बस्दै आएकी ११ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा स्थानीय ४५ वर्षीय निम बहादुर सुनारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

सुनारले पछिल्लो दुई महिनायता पटक–पटक यौन दुव्र्यवहार गरेकोले बालिकाको आफन्तले प्रहरीमा जाहेरी दिएका थिए । आफन्तको जाहेरी पछि सुनारलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो । सुनारको घर बालिकाको मामा घर नजिकै रहेको छ ।

इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष आचार्यले बाल यौन दुरुपयोग मुद्धा अन्तर्गत सुनारलाई कारबाही प्रक्रिया अगाडि बढाइएको जानकारी दिए । उनले भने–“बालिकाको संवेदनशील अंगहरु छुने लगायतको यौन दुव्र्यवहार गरेको जाहेरी परेकाले सुनारलाई पक्राउ गरेका हौं, अनुसन्धान भईरहेको छ ।”