चितवनमा बिपद सुरक्षाका लागि उच्च सतर्कता : पटिहानीमा तटवन्ध गर्न टोली परिचालन

Posted by

चितवन ८ श्रावण २०७६, बुधबार । निरन्तर बर्षा सगैं आउन सक्ने बिपद लाई मध्यनजर गरी चितवनमा उद्धार तथा राहतका लागि आवश्यक सतर्कता र सावधानी कायम गरिएको जिल्ला बिपद ब्यवस्थापन समितिले जनाएको छ ।
समितिका संयोजक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले आवश्यक सतर्कता र सावधानीमा कुनै कमी हुन नदिइएको बताउनुभयो ।


आज बिहान भरतपुर महानगरपालिका वडा नम्वर २५ पटिहानीमा राप्ती नदी र सुवारी खोला मिसिएको ठाँउमा रहेको तटबन्ध बाढीले बगाएपछि त्यसको पुननिर्माणको लागी सुरक्षाकर्मीको टोली खटाइएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । त्यहाँ करिव ४० जना सुरक्षाकर्मी खटाइएको उहाँले बताउनुभयो ।