चितवनमा माइक्रोबस दुर्घटना हुँदा १३ जना घाइते

Posted by

 चितवन, ६ श्रावण २०७६, सोमबार – चितवनको खोलेसिमलबाट काठमाडौं जादै गरेको माइक्रो बस दुर्घटना हुँदा १३ जना यात्रु घाइते भएका छन । काठमाडौंका लागि हिंडेको माइक्रोबस बिहान ७:४५ बजे थाक्रे गाउँ पालिका–१ खयरवारि भन्ने ठाऊमा दुर्घटना भएको धादिङ प्रहरीले जनाएको छ ।

बा ५ ख ३१५१ नम्बरको माइक्रोबसलाई मिनि बसले ठक्कर दिँदा त्रिशुलिमा खसेको थियो । माइक्रोेबस सडकबाट करिब ५० मिटर तल खसेको थियो । १३ जना यात्रु मध्य दुई जनाको हात भाचिएको अनुमान प्रहरीले गरेको छ । सबै यात्रुको उद्धार गरि काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।