चितवनमा मृत भेटिएका सेनाका हुद्दालाई पैसाका लागि उनकै साथीले मारेको पुष्टि

Posted by
sharethis sharing button

८ श्रावण , शुक्रबार चितवन – चितवनको भरतपुर महानगरपालिका १७ मा मृत भेटिएका नेपाली सेनाका हुद्धा भरत गुरुङको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा संलग्न उनकै साथी भरतपुर– २१ का गंगाधर ढकाललाई पक्राउ गरेको छ ।

उनलाई सोही दिन दिउँसो ४ बजे भरतपुर– २० चनौलीबाट पक्राउ गरेको जिल्ला प्रहरीले कार्यालय चितवनले जानकारी दिएको छ । मृतक गुरुङ र पक्राउ परेका ढकाल नेपाली सेनाको दि फेमस महेन्द्र दलमा कार्यरत दिए । ढकाल सैनिक जवान हुन् ।

पैसाको लागि ढकालले गुरुङ हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको चितवनका प्रहरी प्रमुख, एसपी ओमप्रसाद अधिकारीले बताए । पक्राउ परेका ढकाल २ गते मृतक गुरुङको ग्लोबल बकको खाली चेक बोकेर चितवन आएको र आँफैले मृतक गुरुङको हस्ताक्षर गरेर ९ लाख रुपैयाँ झिकेको एसपी अधिकारीले बताए । उनले एक लाख रुपैयाँ आँफैले राखेको र ६ लाख श्रीमतीलाई तथा २ लाख बुवालाई दिएका थिए ।

प्रहरीले घटनामा प्रयोग भएको मोटरसाइकल, एसएमजी बन्दुक तथा गुरुङको चेकबाट निकालेको ९ लाख रुपैयाँ बरामत गरेको छ ।