चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्कियो, १४ यात्रु घाइते

Posted by

शनिबार, १४ मंसिर चितवन – नारायणगढ मुग्लिन सडकखण्डमा रोकिराखेको ट्रकमा बस ठोक्किदा १४ जना घाइते भएका छन् । नारायणगढ मुग्लिन सडकखण्ड अन्तर्गत गाईघाटमा मध्यरातको १२:३० बजे काठमाडौंबाट सुर्खेत तर्फ गईरहेको ना ४ ख ९८१९ नम्बरको बस बिग्रेर बाटोमा रोकिराखेको ना ५ ख ९१९७ नम्बरको ट्रकमा ठोक्किदा १४ जना घाइते भएको प्रहरी चौकी जुगेडी जानकारी दिएको छ ।

बसमा ३५-३६ जना यात्रु रहेको र ति मध्य १४ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइते हुनेहरु मध्य कपिलवस्तुको कृण्णनगर नगरपालिका ८ बस्ने बर्ष ६१ को हनुमान कहार, उनकी छोरी बर्ष १४ कि सरिता कहार, बाराको जितपुर १६ बस्ने बर्ष ३२ को रुपेष न्यौपाने र उनकी श्रीमती बर्ष २८ कि मेनुका न्यौपानेको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भईरहेको छ । उनिहरु सबैको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

यस्तै ललितपुर बस्ने बर्ष ४० को बिकास खड्का, दैलेखको भैरवी गाउपालिका ७ बस्ने बर्ष ३२को बिण्णु खनाल, नवलपरासी पुर्व देवचुली नगरपालिका १६ बस्ने बर्ष ४३ को मदन थापा, सुर्खेत बराताल गाउपालिका ४ बस्ने बर्ष २१ को सनत बहादुर शाही, सुर्खेत ३ बस्ने बर्ष ३१ को नर बहादुर , सोही जिल्ला रामघाट गाउपालिका ११ बस्ने बर्ष ३१ कि बिन्दु बुढाथोकी, उनका छोरा बर्ष ९ को बिशाल बुढाथोकी, कपिलवस्तु बुद्दभुमी नगरपालिका ९ बस्ने बर्ष ३२ को रामलाल ठाकुर र जाजरकोट डल्लि कालिमाटी गाउपालिका ११ बस्ने बर्ष ३८ को बृजित बाहुनको चितवन मेडिकल उपचार भईरहेको छ । उनिहरु मध्य बृजितको अवस्था गम्भिर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।