चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किदाँ ११ जना घाईते

Posted by

फाल्गुन २६, २०७६ सोमबार : चितवनमा रोकिराखेको ट्रकमा बस ठोक्किदाँ ११ जना घाईते भएका छन् । आज बिहान ३.४० बजे भरतपुर महानगरपालिका –२९ ,सिमलतालमा ना ५ ख ९६२२ नंको रोकिराखेको ट्रकमा कटारीबाट काठमाडौ जाँदै गरेको ना ६ ख १५९२ नंको बसले ठक्कर दिँदा बसमा सवार १० जना र ट्रक चालक घाईते भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

घाईते ५ जनाको नयाँ मेडिकल कलेज भरतपुर र बाकि ६ जनाको पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ । घाईते सबैको अवस्था सामान्य रहेको चितवन प्रहरीले जनाएको छ । ठक्कर दिने बस र ट्रक प्रहरीको नियन्त्रणमा रहेको छ ।