चितवनमा साइकल लेन सम्बन्धि अन्तरक्रिया सम्पन्न।

Posted by

२७,माघ,भरतपुर,
भरतपुर महानगरका ब्यस्त सडक हरुमा साइकल लेनको आवस्यकता र महत्व वारे अन्तरक्रिया आयोजना गरिएको छ।सोमवार भरतपुर महानगरको सभा हलमा छलफल गरिएको हो।चितवन साइकल राईडर्स क्लब को आयोजना ,उद्ध्योग वाणिज्य संघ चितवनको सहयोग र नेपाल साइकल सोसाइटी को प्राविधिक सहयोगमा कार्यक्रम योजना भएको हो।
कार्यक्रममा बोल्दै भरतपुर नगरपालिकाका प्रमुख रेणु दाहालले सम्पन्न मुलुकहरु मा जस्तो सुकै मौसममा पनि र हरेक वर्गका मानिसहरुले साइकल चलाउने गरिएको आफुले देखेको स्मरण गर्दै साइकल सहर भनेर चिनिने भारतपुरमा साइकल मोह हराउन थालेकोमा चिन्ता प्रकट गरिन। हामी पनि व्यवहारमै भरतपुरमा यो साइकल लेन निर्माण कार्य सुरु गर्दैछौं प्रमुख दाहालले बताइन।यहि वर्ष करिव ६ करोडको लागतमा महानगरका विभिन्न क्षेत्रमा साइकल लेन निर्माण गरिने प्रमुख दाहालले बताइन।
भरतपुर महानगर वार्ड १०का वडाध्य्क्ष एवं महानगरका प्रवक्ता अरुण पिडित भण्डारीले आफ्नो वार्डमा साइकल लेन बान्ने बारे प्राविधिक तयारी हुँदै गरेको बताए।,उद्ध्योग वाणिज्य संघ चितवनका निवर्तमान अध्य्क्ष सहनलाल प्रधानले विगतका वर्ष देखि नै चितवनमा साइकल सिटीको वारेमा छलफल हुदै गरेको र अव लेन र साइकल स्टयाण्ड को योजनालाई बढाउन महानगर संग अनुरोध गरे।
अन्तरक्रियामा उपस्थितले शहरीकारणको तिव्र विकाशले साइकल विस्थापित भएको,नेपालीहरु सुख सुबिधा भोगी उन्मुख हुँदै गएको,वातावरणमा सवारी साधन ले प्रतिकुल असर परेको,साइकल ले हुने फाइदा आदि बारे चर्चा गरिएको थियो।
नेपाल साइकल सोसाईटिका रत्नारम श्रेष्ठ र मनिष महर्जनले साइकलबाट हुने विज्ञान,प्रविधि,वातावरण,पर्यटन र आर्थिक फाइदाको वारेमा डेमो गराएका थिए।
चितवन राईडर्स क्लबका अध्य्क्ष नबिन खरेलको सभापतित्वमा सम्पन्न कार्यक्रम संस्थाका सचिब धर्म राज सापकोटाले संचालन गरेका थिए।
कार्यक्रममा भरतपुर महानगरका उप प्रमुख पार्वती शाह,वडाध्य्क्षहरु , चितवनका एसपी नन्तिराज गुरुङ, रोटरी क्लबका संस्थापक अध्य्क्ष निरन्जन प्रधान,महानगरका इञ्जिनिएर,ट्राफिक प्रहरी,साइकल क्लबका सदस्य हरु लागेको उपस्थिति रहेको थियो।