चितवनमा स्कुटरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

Posted by

चितवन, सोमबार, ९ भदौ । चितवनको भरतपुर महानगरपालिका–४ शिवघाटमा गएराति  स्कुटरसँग मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ जगतपुरका ४० वर्षीय सुर्यबन्धु खनाल क्षेत्री छन् ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पतालमा उनको उपचारको क्रममा मृत्यु भएको हो । गएराति साढे ९ बजे ना६०प ३७३५ नम्बरको मोटरसाइकल ना५५प ३५६८ नम्बरको स्कुटरमा ठोक्किएर पल्टिएको थियो । दुर्घटनामा स्कुटर चालक भने सकुशल रहेका छन् ।