चितवनमा स्कुटर दुर्घटनामा एकको मृत्यु÷एक घाइते,गैँडाकोटमा करेन्ट लागेर एकको ज्यान गयो

Posted by

चितवन कार्तिक २४, आइतबार
चितवनमा स्कुटर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । आज विहान ४ बजेको समयमा भरतपुर महानगरपालिका ७ तेह्रसालचोक मा ना. ५९ प ३३७० न.ं को स्कुटर आफै अनियन्त्रीत भई पल्टिदा नाम थर वतन नखुलेको १ जना को उपचारको क्रममा सरकारि अस्पतालमा मृत्यु भएको छ भने रत्ननगर नगरपालिका बछ््रयौलि निबासि पुजा सुनार घाईते भएको प्रहरिले जनाएको छ । घाईतेको अबस्था मध्यम रहेको र नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको प्रहरिले जनाएको छ।घटनाको थप बिबरण आउन बाकि रहेको प्रहरिले उल्लेख गरेको छ ।

गैँडाकोटमा पराल बोकेको ट्रकमा बसेका एक युवकको करेन्ट लागेर मृत्‍यु

नवलपरासीमा पराल बोकेको ट्रकमाथि बसेका एक युवकको करेन्ट लागेर ज्यान गएको छ ।नवलपरासीको गैँडाकोट नगरपालिका १०, नमूना चोकमा शनिबार पराल बोकेको ना २ ख ९०७८ ट्रकमाथि बसेका मध्यविन्दु नगरपालिका–६, बस्ने २४ वर्षीय मतिराम महतो थारूको करेन्ट लागेर मृत्‍यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

पराल बोकेको ट्रकमाथि बसेका थारुलाई बिजुलीको तारले छुएपछी करेन्ट लागेको प्रहरीले जनाएको छ । करेन्ट लागेर गम्भीर घाइते भएका थारुलाई मतिरामलाई उपचारका लागि अस्पताल लैजाँदा गर्दा बाटोमा नै ज्यान गएको हो ।