चितवनमा ३१ जनाको कोरोना रिपोर्ट नेगेटिभ, पाँच जनाको आज सार्वजनिक गरिने

Posted by

चितवन, शुक्रबार वैशाख ५–

चितवनमा विहीबार गरिएको कोरोना भाइरस (कोभिड–१९) परीक्षणमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३१ जनाको रिपोर्ट नेगेटिभ आएको भरतपुर अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए ।

यस्तै अन्य पाँच जनाको अझै परीक्षण जारी रहेकोले नतिजा आज सार्वजनिक गरिने पौडेलले जानकारी दिए ।