असार १०, २०७७ काठमाडौं : चितवनको भरतपुर कोरोना अस्पतालमा गरिएको पीसीआर परीक्षणमा पाँच जनामा कोरोना संक्रमण देखिएको छ। भरतपुर अस्पतालमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पतालले विज्ञप्ती निकालेर जानकारी दिएको छ। अस्पतालकाअनुसार १ सय २१ वटा परीक्षण गरिएकोमा थप पाँच जनामा संक्रमण देखिएको हो। जसअनुसार तनहुँ देवघाट–५ का २३ वर्षका पुरुष, नवलपुरका ३३ र वर्ष ५१ का दुई महिला, गैंडाकोट नवलपुरका ५६ वर्षीय महिला र कालिका–३ चितवन बस्ने वर्ष ३९ वर्षका एक पुरुषमा संक्रमण देखिएको र अन्य १ सय १६ ओटा नमुनाको नतिजा नेगेटिभ आएको अस्पतालले जनाएको छ।