चितवन प्रिमियर लिग: भरतपुर गुर्खाज पराजित उपाधिका लागि भोली सौराहाले राप्तीको सामना गर्ने

Posted by

चितवन माघ २३ : 

सिएमसी चितवन प्रिमियर लिग (सिपिएल) को उपाधीका लागि सौराहा स्यान्ड्सले राप्ती ¥यापिड्सको सामना गर्ने भएको छ । आज सम्पन्न इलिमिनेटरमा भरतपुर गुर्खाज माथि रोमाञ्चक जीत हात पार्दै सौराहाले राप्तीसँगको उपाधी भिडन्त पक्का गरेको हो । क्याम्पाचौरमा भएको खेलमा भरतपुर गुर्खाजले दिएको ८६ रनको लक्ष्य सौराहाले ३ बल बाँकी रहदा ८ विकेट गुमाएर पूरा ग¥यो । सौराहालाई अन्तिम ओभरमा जितका लागि १ रन आवश्यक थियो । अन्तिम ओभरको तेस्रो बलमा चौका प्रहार गर्दै अनुज चनराले सौराहाको जित सुनिश्चित गरे । त्यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको भरतपुर १७ ओभर ४ बलमा ८५ रनमा अल आउट भएको थियो । प्रतियोगिताको फाइनल खेल भोलि ११ बजे शुरु हुनेछ । लिगमा लगातार ४ खेलमा जित हात पारेको राप्ती समुह शिर्ष स्थानमा रहदै फाइनलमा प्रवेश गरिसकेको छ ।

प्रतियोगिताको विजेताले रु दुई लाखसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेताले रु एक लाखमा चित्त बुझाउनेछ । यस्तै बिभिन्न बिधामा उत्कृष्ट हुने खेलाडीहरुले पनि पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट अलराउण्डरले पनि पुरस्कार प्राप्त गर्नेछन् । यस्तै हरेक दिनको म्यान अफदि म्याचले ट्रफी प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट तीन खेलाडीलाई नेपालकै सबैभन्दा ठूलो व्यवसायिक लिग एभरेष्ट प्रिमियर लिग (इपीएल)को टिम चितवन टाइगर्सबाट खेल्न पाउनेछ ।