चितवन मेडिकल कलेजमै अन्तराष्ट्रिय स्तरको ओइटी टेस्ट परीक्षा

Posted by

चितवन, ३ असार । चितवनमा नै पहिलो पटक अन्तराष्ट्रिय स्तरको ओइटी (अकुपेशनल ईङ्गग्लिस टेस्ट ) परीक्षा हुने भएको छ ।
चितवन मेडिकल कलेज परिसरमा बैशाख २८ गते सञ्चालनमा आएको ओइटी तयारी केन्द्र रोयल इन्टरनेशनल ल्याङ्गग्वेज इन्टिच्युट (रिली) भरतपुरमा नै सो परीक्षा समेत हुने भएको हो ।

मेडिकल सिटी चितवनमा मेडिकल उच्च शिक्षामा अध्ययन गर्न चाहाने विद्यार्थीहरुलाई लक्षित गरि चितवन मेडिकल कलेज शिक्षण अस्पताल (सिएसी) मा ओइटी तयारी केन्द्र रोयल इन्टरनेशनल ल्याङ्गग्वेज इन्टिच्युट (रिली) सुरु गरिएको थियो ।
“ओईटी एक अन्तराष्ट्रिय अंग्रेजी भाषा परीक्षण हो, रोयल इन्टरनेशनलका अध्यक्ष तथा प्रबन्ध निर्देशक प्रताप देवकोटाले भने, जसले स्वास्थ्य सेवाका विशेषज्ञहरूको भाषा सञ्चार सङ्गठनहरूको आकलन गर्दछ जसले अंग्रेजी बोल्ने देशहरुमा गएर अध्ययन, अभ्यास र लाईसेन्सका लागि तयारी पुरा गर्दछ ।”

केन्द्रसगैँ परीक्षा समेत यहि जिल्लामा नै हुने भएपछि ओईटी अध्ययन गर्ने विद्यार्थीहरु खुसी समेत भएका छन् । भने ओईटीको परीक्षा भने चितवन मेडिकल कलेजमै हुनेछ ।
“नेपालमा स्वास्थय क्षेत्रमा विभिन्न विषय अध्ययन गर्दै आएका तथा रोजगारी तथा अध्ययनका लागि विदेश जाने विद्याथीहरु बढेका छन् अध्यक्ष देवकोटले फेरि भने, आफ्नै गाउँठाउँ चितवनमा नै अन्तराष्ट्रिय स्तरको ओईटी तयार केन्द्रसगैँ परिक्षा पनि भरतपुर १० स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पतालमा हुनेछ ।”

ओईटी परिक्षा ब्रिटेन, आयरल्याण्ड, अष्ट्रेलिया, न्यूजील्याण्ड, दुबई, नामिबिया, सिंगापुर र युक्रेनका देशहरूमा अध्ययन गर्नको लागि मान्ने हुनेछन्, साथै अष्ट्रेलिया र न्यूजील्याण्डको भिषा र माईग्रेसन प्रक्रियाको लागि पनि मान्नेछ ।

रोयल ईन्टरनेशनलका प्रमुख कार्यकारी अधिकृत सिद्धिेश्वर अङ्गडीका अनुसार चितवनमा पहिलो ओईटी टेस्ट नेपालमा काठमाडौँ भ्यालीबाहिर पहिलो पटक चितवन मेडिकल कलेजमा जुलाई ७ तारिकबाट सुरु हुदैछ ।

दक्षिण एसियाकै उत्कृष्ट ओईटी परिक्षा तथा तयारी कक्षा संचालन केन्द्र आईआरएस ग्रुप ईण्डियासंगको सहकार्यमा खुलेको यस ल्याङ्गग्वेज इन्स्च्यिूटमा आईटी मान्यता प्राप्त दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा पढाइने तथा अन्तराष्ट्रिय स्तरको शिक्षण सामाग्रीहरु उपलब्ध गराईरहेको छ ।

इिन्टिच्युटमा ओईटीका साथसाथै दक्ष तथा अनुभवी शिक्षकहरुद्धारा आईइएलटिएस तथा पिटिईका तयारी कक्षाहरु संचालन गरिरहेको छ । यस इिन्टिच्युटमा मात्रै ओईटी आधिकारीक शिक्षकहरु रहेका छन् । यहा नर्सिङ्ग, फर्मोसी लगायतका १२ वटा स्वास्थ्य पेशा सम्बन्धी स्वास्थ्यकर्मिहरुले आईटी दिन सक्छन् ।