चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ब्यायो

Posted by

मङसिर १०,अपिल घिमिरे

चितवन राष्ट्रिय निकुञ्जमा अर्ना ब्याएको छ। सोमबार पदमपुरको इन्क्लोजर मा अर्ना ब्याएको हो। राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीका अनुसार नवजात बच्चा स्वस्थ्य रहेको छ। झाडी भित्र रहेकोले पाडो वा पाडी छुट्टाउन नसकिएको अधिकारी ले बताए। चितवनबाट अर्ना लोप भएको ५७ वर्षपछि २०७३ माघमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट १२ र सदर चिडियाखाना ललितपुरबाट ३ गरी १५ अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो। । तीमध्ये ६ वटा मरे । २०७४ साउन २८ र २९ गते आएको ठूलो बाढीमा परेर दुई र अर्को एक अर्नालाई बाघले खायो। तीन वटा कालगतीले मरेपछि १५ वटा अर्ना मध्ये ९ वटामा बँचेका थिए।