फाइल तस्वीर

चितवन राष्ट्रिय निकुञ्जमा एकसिंगे गैंडा मृत फेला

Posted by

चितवन,फागुन ४
चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत गिद्धेनी पोष्ट नजिक नारायणी नदी छेउमा मंगलबार दुर्लभ एकसिंगे गैंडा मृत अवस्थामा फेला परेको छ । करिब ३० वर्षको भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिएका छन्। गैंडाको खागखुर भने सुरक्षित रहेको उनले जानकारी दिए । अधिकारीका अनुसार बुढो गैंडा ढिस्को उक्लने क्रममा पल्टेर उत्तानो परी मृत्यु भएको हुन सक्ने अनुमान गरिएको छ । निकुञ्जमा चालु आर्थिक वर्षको हालसम्म २४ वटा गैंडा मरेका छन् । ती मध्ये चार वटा चोरी शिकारीले मारेका हुन् भने २० वटा प्राकृतिक कारणबाट मरेका हुन ।