फाइल तस्वीर

चितवन राष्ट्रिय निकुञ्जमा गैँडा र बाघ मृत फेला

Posted by

चितवन,फाल्गुन २५
चितवन राष्ट्रिय निकुञ्जमा एउटा गैँडा र बाघ मृत भेटिएका छन् ।निकुन्जको अमलटारि सेक्टरअन्तर्गत कोर इलाका सेहरी नारायणी नदी कलकत्ता टापुमा फाल्गुन २४ गते एउटा अन्दाजी करिब ३० वर्षको भाले गैडा मृत् भेटिएको निकुञ्जका सुचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो । भाले भाले बीच एक आपसमा जुधेर घाइते भई मृत्यु भएको अनुमान गरिएको सुचना अधिकारी अधिकारीले बताउनुुभयो । गैडाको खाग खुर लगायत सरकारी समान सुरक्षित् रहेको निकुञ्जले जनाएको छ ।
योसहित यस चालू वर्ष चितवनराष्ट्रिय निकुञ्जमा २६ वटा गैँडाको मृत्यु भएको छ । जसमध्ये २२ वटाको प्राकृतिक र ४ चोरी सिकारीको कारण मृत्यु भएको छ ।सरकारले चैत ९ गतेबाट गैँडा गणनम सुरू गर्दैछ । यस्तै निकुञ्जको सौराहा सेक्टर नजिक फागुन २३ गते अन्दाजी ४ वर्षको लिङ्ग पहिचान नभएको बाघ मृत भेटिएको छ ।निकुन्जको कोर इलाका चपरचुली खहरे खोला क्षेत्रमा पाटे बाघ मृत भेटिएको सूचना अधिकारी लोकेन्द्र अधिकारीले जानकारी दिनुभयो ।बाघ प्राकृतिक कारण मृत्यु भएको अनुमान गरिएको छ । चालु आर्थिक वर्षमा मृत्यु भएको यो पहिलो बाघ हो ।