चुनावमा हस्तक्षेपको आरोपले रुसी राष्ट्रपति पुटिन अपमानित : ट्रम्प

Posted by

कात्तिक २६ –
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसले गएको वर्ष भएको अमेरिकी राष्ट्रपतीय चुनावमा कुनै किसिमको हस्तक्षेप नगरेको दोहोर्‍याउनु भएको छ । एसिया दौडाहामा रहनु भएका अमेरिकी राष्ट्रपति ट्रम्पले भियतनाममा भएको एसिया प्यासिफिक सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग विस्तृत साइडलाइन भेटवार्ता गर्नुभएको छ । त्यसक्रममा रुसी राष्ट्रपति पुटिनले रुसले अमेरिकी चुनावमा हस्तक्षेप गरेको भनेर लाग्दै आएको आरोपका कारण आफू र आफ्नो देशले अपमान महसुस गरेको बताउनुभएको ट्रम्पको भनाई छ ।
पुटिनले अमेरिकी चुनावमा रुसले कुनै किसिमको हस्तक्षेप नगरेको बताएको ट्रम्पले जानकारी दिनुभयो । ट्रम्पले गएको वर्ष नोभेम्बरमा भएको चुनवामा डेमोक्र्याटिक उम्मेदवार हिलारी क्लिन्टनलाई पराजित गर्नुभएको थियो । रुसले चुनावमा हस्तक्षेप गरेको भनेर आरोप लगाउनु डेमोक्र्याटको मुख्य जागिर नै रहेको ट्रम्पले आरोप लगाउनु भएको छ । तर अमेरिकी गुप्तचर निकायले भने रुसले अमेरिकी चुनावमा ट्रम्पलाई जिताउने गरी हस्तक्षेप वा हस्तक्षेपको प्रयास गरेको यसअघि नै बताउँदै आएको छ ।