चुरीयामाईमा बस दुर्घटना, एक जनाको मृत्यु, ३१ जना घाईते

Posted by

२ असार २०७६, सोमबार

हेटौंडा । चुरीयामाई मन्दिर नजिक भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने ३१ जना यात्रु घाईते भएका छन् । मकवानपुर र बाराको सिमानामा रहेको चुरियामाईमा भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले बताउनुभयो । मृतकको नाम ठेगाना भने खुली नसकेको उहाँले बताउनुभयो ।

दुर्घटनामा ३१ जना घाइते भएका छन् । चितवनबाट बीरगंजतर्फ गइरहेको ना ५ ख ४०१५ नम्बरको बस अनियन्त्रित भएर पल्टिँदा ३१ जना घाईते भएका हुन् । घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरूको हेटौंडा अस्पताल र चुरेहिल हस्पिटलमा उपचार भइरहेको छ ।