चैत देखि असार सम्मको बिजुलीको बिल साउन ७ गतेसम्म तिर्दा जरिवाना नलाग्ने

Posted by


सोमवार, असार २२ भरतपुर । चैत देखि असार सम्मको बिजुलीको बिल साउन ७ गतेसम्म तिर्न पाइने भएको छ । चार महिनाको बिल एकैपटकमा तिर्दा साउन ७ गतेसम्म कुनै जरिवाना नलाग्ने विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेस कुमार महतोले जानकारी दिए । यसरी तिर्दा ग्राहकले अन्य कुनै छुट भने पाउने छैनन् ।

मिटर रिडिङ नभएका ग्राहकले आफ्नो विद्युत मिटरमा देखिएको अंक टिपेर ल्याउन प्राधिकरणले आग्रह गरेको छ । साउनदेखि विजुलीको नयाँ महसुल दर लागु हुँदै छ ।