जनक शिक्षा सामाग्री केन्द्र भरतपुरबाट झण्डै नब्बे प्रतिशत पुस्तक बितरण।

Posted by

आषाढ ८,भरतपुर
जनक शिक्षा सामाग्री केन्द्र लि. ले भरतपुरबाट सामुदायिक विद्यालयलाई झण्डै नब्बे प्रतिशत पाठ्यपुस्तकहरु वितरण गरेको छ।प्रदेश नं तीनका चितवन, मकवानपुर, पूर्वी नवलपरासी, दुई नम्बर प्रदेशका बारा, पर्सा रौतहट ,तनहुँ जिल्लामा कितावहरु पठाइएको वाग्मती प्रदेश कार्यलय जनक शिक्षा सामाग्री केन्द्र लिमिटेड भरतपुरका नि. प्रमुख राम विनय श्रेष्ठले जानकारी दिनुभयो। यस वितरण केन्द्र बाट कक्षा १ देखि १० सम्मका नेपाली र अङ्ग्रेजी मध्यमका पाठ्यपुस्तकहरु वितरण हुँदै आएका छन्।
बैशाख १५ भित्र वितरण गरि सक्ने लक्ष्य लिएको भए पनि कोरोना संक्रमणका कारण ढिला हुन पुगेको र बैशाख २२ गते बाट मात्र वितरण शुरु गरिएको श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार चितवन र पूर्व नवलपरासीमा नब्बे प्रतिशतभन्दा बढी पुस्तक पुगिसकेका छन्। रौतहटमा सत्तरी प्रतिशत पुस्तक पठाइसकिएको छ। बारा र पर्सा मा इन्टरनेट को माध्यमबाट माग लिएर पठाउने काम भइरहेको छ। लक डाउनको समयमा पनि बाह्रै घण्टा र शनिबार समेत खटेर पुस्तक ढुवानीमा कमजोरी हुन नदिनका लागि निरन्तर काम भएको प्रमुख श्रेष्ठको अनुभव छ। अषाढ महिना भित्र सबै पुस्तकहरु वितरण गरिसकिने छ। प्रकृया पुगेका कोहि व्यवसायीहरु पुस्तक लैजान छुटेको भए केन्द्रमा सम्पर्क गर्न श्रेष्ठले अनुरोध गर्नुभएको छ।गत वर्ष यि क्षेत्रहरुमा ३५००० सेट किताब वितरण गरिएकोमा यस वर्ष झण्डै ४२००० सेट पुस्तक पठाउने तयारी भइरहेको छ।