जन्मदिनको अवसरमा खाद्यान्न सहयोग

Posted by

भरतपुर,फाल्गुन ०९
भरतपुरमा रहेको मानव सेवा आश्रमलाई आईतबार खाद्यान्न सहयोग गरिएको छ । लायन्स क्लब अफ नारायणगढ गोल्डेन लेडिज का लायन सरिता पन्त दवाडी को ३०औ जन्मदिनको अवसरमा खाद्यान्न सहयोग गरिएको हो । मानव सेवा आश्रममा रहेका १२० जना वृद्धा र बेसाहाराहरुलाई दाल चामल , नुन, तेल लगाएतका खाद्यान्न सहयोग गरी जन्मदिन मनाइएको हो । आफ्नो जन्मदिनमा असहायलाई सहयोग गरेर मनाउन पाउँदा निकै खुशी लागेको लायन दवाडीले बताउनुभयो । जन्मदिनको अवसरमा फजुल खर्च नगरी आश्रममा रहेका असहायहरुलाई सहयोग गर्न पाउदा उत्साहित भएको उहाँको भनाई थियो । सहयोग कार्यक्रममा लायन्स क्लब अफ नारायणगढ गोल्डेन लेडिजका भिपि लायन सोभा बराली, भिपि लायन गिता देबि क्षेत्रि, भिपि लायन बिधा कुमारी जोशी श्रेष्ठ, क्लब कोडिनेटर लायन ज्योती श्रेष्ठ, लायन चन्दा कडेंल, लायन अन्जुता श्रेष्ठ,लायन पिन्की थापा,लायन अनीता नेपाली गैरे,लायन नेहा थापा लगाएतको उपस्थिति रहेको थियो ।