जिम्बाबेमा सैन्य–कु : अफ्रिकन युनियन

Posted by

कात्तिक ३० –
जिम्बाबेको सेनाले शक्ति आफ्नो हातमा लिनु र राष्ट्रपति रोबार्ट मुगाबेलाई नजरबन्दमा राख्नु सैन्य–कु जस्तै रहेको अफ्रिकन युनियन (एयु) ले बताएको छ । जिम्बाबेको सेनाले बुधबार राष्ट्रपति रोबर्ट मुगाबेलाई राजधानी हरारेमा नजरबन्दमा राखेर शक्ति आफ्नो हातमा लिएको छ । सेनाले सरकारी टेलिभिजन पनि आफ्नो नियन्त्रणमा लिएको छ । सेनाले राजधानी हरारेमा कडा सुरक्षा गस्ती गरिरहेको छ । आफूहरुले अपराधिहरुलाई निशाना बनाएको सेनाको भनाई छ । तर एयुले भने जिम्बाबेको सेनाको काम सैन्य–कु जस्तै रहेको भन्दै तत्काल संवैधानिक व्यवस्था लागु गर्न माग गरेको छ । सेनाले भने कु नगरेको बताउँदै आएको छ । उसले राष्ट्रपति मुगाबे सुरक्षित रहेको र उहाँमाथि आतंकाकारी आक्रमणको खतरा रहेकाले सुरक्षा घेरामा राखिएको दाबी गरेको छ । तर एयुका प्रमुख एल्फा कोन्डेले भने जिम्बाबियन सेनाको क्रियाकलाप सैन्य कु जस्तै रहेकाले तत्काल संविधान अनुसारको व्यवस्था लागु गर्नु आग्रह गर्नुभएको छ । विश्लेषकहरुले राष्ट्रपति मुगाबेलाई हटाएर उपराष्ट्रपति इमरसन मनंगावालाई सत्तामा ल्याउनका लागि सैन्य कारवाही गरिएको हुन सक्ने बताएका छन् । मनंगावालाई राष्ट्रपति मुगाबेलाई गएको हप्ता बर्खास्त गर्नुभएको थियो । त्यसपछि मुगाबेकी श्रीमती ग्रेस उत्तराधिकारीको रुपमा उदाउनुभएको थियो । तर सेनाले सुरु गरेको क्रियाकलापका कारण अवस्था फेरिएको छ । हरारेमा गोलाबारीको आवाज सुनिएको बिबिसीले उल्लेख गरेको छ ।