जिम्बाब्बेमा राजनीतिक संकटः सेनाले नियन्त्रणमा लियो राष्ट्रिय प्रसारण

Posted by

२९ कात्तिक, हरारे ।
जिम्बावेमा राजनीतिक संकट चुलिएको बेला सेनाले जिम्बाब्बे नेशनल ब्रोडकास्टर (जेडबीसी)को केन्द्रीय कार्यालय नियन्त्रणमा लिएको छ । जेडबीसी जिम्बाब्बेको राष्ट्रिय प्रसारण हो र यसअन्तर्गत टेलिभिजन, अनलाइन, एफएम लगायत सरकारी सञ्चार माध्यमहरु छन् ।राष्ट्रिय टेलिभिजन नियन्त्रणमा लिनुलाई सेनाले ‘कू’ गर्ने पूर्व संकेतको रुपमा अर्थ्याइएको छ । जिम्बाब्बेको राजधानी हरारेमा सेनाका बख्तरबन्द गाडीहरु देखिएका छन् । केही स्थानमा बम पड्किएका आवाज सुनिएको छ तर यसको कारण खुलेको छैन ।९३ वर्षीय राष्ट्रपति रोबर्ट मुगाबेले उत्तराधिकारीको विवादमा उपराष्ट्रपतिलार्इ बर्खास्त गरेपछि राजनीतिक कलह चुलिएको छ ।