ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण, शाहीसँगै अन्य केही घाइते

Posted by

चितवन, असोज ११ – भ्रष्टाचार विरुद्धको अभियान चलाइरहेका भनिएका ज्ञानेन्द्र शाहीमाथि चितवनमा आक्रमण भएको छ । कार्यक्रमस्थल जाने क्रममा आज दिउसो चितवनको ग्लोबल होटलबाट निष्किने क्रममा शाहीमाथि आक्रमण भएको हो ।

पाँच छ जनाको संख्यामा आएको युवाको समूहले शाही माथि आक्रमण गर्दा उनी घाइते भएका छन् । उनलाई उपचारका लागि अस्पताल लगिएको छ । शाहीसँगै अन्य केही घाइते भएका छन् ।शाही चढेको माइक्रो बसमा पनि आक्रमणकारीले तोडफोड गरेका छन् । चितवनको चौविसकोटीमा आयोजना गरिएको कार्यक्रमलाई शाहीले संबोधन गर्ने तयारी गरिरहेका थिए । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)सम्वद्ध विद्यार्थीहरुले ‘राजावादीलाई कार्यक्रम गर्न दिँदैनौं’ भन्दै कार्यक्रम विथालेका हुन् ।