टेक्सस गभर्नरद्वारा एचडीएनपीका संस्थापक देवी आचार्य विश्व मानवतावादी पुरस्कार २०१७ बाट सम्मानित

Posted by

टेक्सास । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा नेपाली द्वारा संचालनमा रहेको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रिय (एचडीएनपी इन्टरनेसनल ) का संस्थापक देवी आचार्य डेविड विश्व मानवतावादी पुरस्कार २०१७ द्वारा सम्मानित भएका छन् ।

आचार्य लाई आज अक्टोबर २७ तारिख टेक्सस को ड्यालसमा एक समारोह बीच टेक्ससका गभर्नर ले ग्लोबल हयूमानिटेरीएन अवार्ड २०१७ प्रदान गरेका हुन् । टेक्सस का गभर्नर ग्रेग आबोट ले अन्य बिबिध क्षेत्रमा बिशेष योगदान पुर्याउनेहरु व्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा पहिलो पटक उक्त पुरस्कार नेपालीलाई प्रदान गरेका हुन् ।