ट्याक्टर दुर्घटनामा परी तीन विद्यार्थीको मृत्यु, चार जना घाईते

Posted by

  • बुधबार, ११ आषाढ, २०७६

अछाम । अछामको चौरपाटी गाउँपालिका वडा नं.३ शोकटस्थित कोलगैरामा ट्याक्टर दुर्घटना हुँदा तीन जनाको विद्यार्थीको मृत्यु भएको छ ।

से १ त ७८३९ नम्वरको ट्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु र चार जना घाईते भएका छन् ।

मृत्यु हुने चौरपाटी गाउँपालिका वडा नं.२ का दशपल्ले माविवाट यस वर्ष एसई परिक्षा दिएको रमेश साउद, दशमल्ले माविमा कक्षा ९ मा अध्ययनरत लक्ष्मी साउद र कक्षा ८ मा अध्ययनरत कालि साउद रहेको दशपल्ले माविका शिक्षक लोकबहादुर वोगटीले जानकारी दिए ।

ट्याक्टर चालक भने हाम फालेर ज्यान जोगाएका छन् । अन्य जना घाईतलाई अस्पताल पठाइएको छ ।