बुधबार, २९ साउन २०७६, नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको अरुणखोलामा रहेको पुल भाचिएको छ । आज बिहान पूर्बबाट पश्चिम तर्फ जादै गरेको ना ६ ख ४७१ नम्बर ट्रकले नवलपुरको मध्यबिन्दु ११ अरुणखोलाको पुलको एक तर्फी भागमा ठक्कर दिदा पुल भाचिएको जिल्ला ट्राफिक कार्यालय नवलपुरले जनाएको छ ।
पुल भाचिएपछि ठुला सवारी चल्न रोक लगाईएको छ । पुलको मर्मत गर्न केही दिन लाग्न सक्ने भएकाले सडक डाईभर्शन गरि यातायात सचालन गरिने प्रहरीले जनाएको छ । बुटवल नारायणगढ सडक खण्डका झन्डै एक दर्जन फलामे पुलहरू जिर्ण भएपनि मर्मत हुन सकेका छैनन् ।