ट्रकले मिनीबसलाई ठक्कर दिँदा १४ जना घाइते

Posted by

साउन २१, बुधबार रत्ननगर । पूर्व पश्चिम राजमार्ग अन्तर्गत कृष्णमन्दिर चोकमा भएको सडक दुर्घटनामा परी बुधवार १४ जना घाइते भएका छन । मालबहाक ट्रकले मिनीबसलाई ठक्कर दिँदा मिनीबसमा सवार १४ जना घाइते भएका हुन ।

कृष्णमन्दिर चोकमा यात्रु झार्न रोकिएको बा ३ ख ५९१ नम्बरको मिनीबसलाई भरतपुरबाट पूर्व तर्फ आउदै गरेको ना ६ ख ४३७४ नम्बरको ट्रकले पछाडिबाट ठक्कर दिएको इलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।

घाइतेहरु मध्ये एक जनाको पुरानो मेडिकल कलेज र बाँकी १३ जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरी निरीक्षक प्रकास शाहले जानकारी दिए । मिनीबसका चालक घाइते छन भने ट्रकका चालक इलाका प्रहरी कार्यालय टाँडीको नियन्त्रणमा रहेका छन ।