साउन १३, २०७७ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्रायनलाई कोरोना संक्रमण पुष्ट भएको छ। उनी कोरोना पोजिटिभ भएका ट्रम्प प्रशासनका अहिलेसम्मकै उच्च अधिकारी हुन्। उनी गत सातादेखि घरमै बसेर काम गरिरहेका थिए। कोरोनाबाट विश्वमै सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४२ लाख ८६ हजार ६ सय ६३ पुगेको छ भने १ लाख ४७ हजार ५ सय ८८ जनाको मृत्यु भएको छ। स्वास्थ्य विज्ञहरुले देशभर पुनः लकडाउन लगाउन आग्रह गरेका छन्। अमेरिकामा चार दिनदेखि दैनिक १ हजारको संख्यामा मृत्यु भएपछि विज्ञहरुले यस्तो आग्रह गरेका छन्।