डिस्चार्ज भए कोरोनालाई जितेर चितवनका २७ वर्षीय युवा

Posted by

चितवन, शनिबार, वैशाख १३–

चितवनका कोरोना संक्रमित एक युवक आज डिस्चार्ज भएका छन् । लगातार तेस्रो पटक गरिएको कोरोना परीक्षण रिपोर्ट पनि नेगेटिभ आएपछि आज अपरान्ह डिस्चार्ज गरिएको हो ।

भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारीले ती युवालाई डिस्चार्ज कागज हस्तान्तरण गरे । शुक्रबार भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा गरिएको पुनः परीक्षणमा राप्ती नगरपालिका–८ का २७ वर्षीय युवकको रिपोर्ट नेगेटिभ आएको थियो । ती युवकको वैशाख ५ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।

उनी बेलायतबाट चैत ३ गते नेपाल आएर चैत ५ गते चितवन आएका थिए । उनीसंगै संक्रमण देखिएका उनको आमाको दोस्रो परीक्षण पनि पोजिटिभ आएको थियो । यस्तै आज डिस्चार्ज भए पनि ती युवा अस्पतालमै बसेका छन् । उनकी आमाको अझै पनि नतिजा पोजिटिभ आएकोले आमा निको भएपछि मात्रै घर फर्किने भन्दै अस्पतालमै बसेका छन् ।