तनहुँ, असार २९ सोमवार–
तनहुँको ऋषिङ गाउँपालिका वडा नम्बर ८ मा आइतबार राति पहिरो खसेको छ ।
राति करिब २ बजेतिर गएको पहिरोमा परी दुई घरपरिवारका पाँच जना पुरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिएका छन् ।
अहिले घटनास्थलमा नेपाल प्रहरी पुगेको छ। बेपत्ताहरूको खोजि कार्य जारी रहेको प्रजिअ अधिकारीले बताए। नदीमा पानीको बहाब बढेकोेले नदी किनार आसपास पनि समस्यामा रहेको उनले जानकारी दिए।