तीजमा भड्किलो कार्यक्रम नगर्न चितवन प्रशासनको आग्रह, अटेर गरे कारबाही गर्ने चेतावनी

Posted by

चितवन, साउन २६ –

जिल्ला प्रशासन कार्यालय चितवनले भड्किलो रुपमा तीज मनाए कारबाही गर्ने चेतावनी दिएको छ । जिल्ला प्रशासन कार्यालयले आज जारी गरेको सूचनामा तामझामका साथ धेरै खर्च गरेर तीज नमनाउन निर्देशन दिएको हो ।

सूचनामा सामाजिक, धार्मिक र सांस्कृतिक पर्वहरु मनाउने सम्बन्धमा बनेको सामाजिक सुधार ऐन–२०३३ बमोजिम परम्परालाई निरन्तरता दिने बाहेक खर्चिला र महंगा तीजका कार्यक्रम नगर्न चितवनबासीलाई अनुरोध गरिएको छ । जिल्लामा सुसंस्कार कायम गर्ने यस कार्यमा सहयोग गर्न राजनीतिक दल, नागरिक समाज, पेसागत संघसंस्था, सञ्चारकर्मी र सम्पूर्ण नागरिकहरुलाई जिल्ला प्रशासन कार्यालय चितवनले सूचनामार्फत आग्रह गरेको छ ।