तेलगू फिल्मका हाँस्य कलाकार वेणु माधवको निधन

Posted by

बुधबार, अशोज ८, २०७६

तेलगू फिल्मका हाँस्य कलाकार वेणु माधवको मृत्यु भएको छ । ३९ वर्षको उमेरमा उनको हैदराबादको एक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।

१५० भन्दा पनि धेरै तेलेगु फिल्ममा अभिनय गरेका वेणुको कलेजो र किड्नीको बिरामी रहेका थिए । बुधबार दिँउसो १२ बजेर २० मिनेट जाँदा निधन भएको बताइएको छ । सामाजिक संजालमा फ्यानहरुले उनलाई श्रद्धाञ्जली दिइरहेका छन् ।

वेणुलाई डाक्टरहरुले कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएपनि उनको यहि बिचमा अचानक निधन भएको बताइएको छ । वेणुको निधनले टलिउड पुरै शोकमा डुबेको छ ।