त्रिभुवन विमानस्थलमा ठोक्किए दुई जहाज

Posted by

कात्तिक २२, २०७६ काठमाडौं :

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुई जहाज ठोक्किएका छन्। श्री एयरलायन्स र यति एयरलायन्सका जहाज शुक्रबार दिउँसो ठोक्किएका हुन्।  विमान ग्राउण्ड ह्‍यान्डलिङ गर्ने  क्रममा श्री एयरलाइन्सको विमान र यति एयरलाइन्सको विमान पार्किङस्थलमा ठोक्किएका हुन्। श्री एयरलायन्सको  सिटिआरजे ७०० र यति एयरलायन्सको  एटिआर ७२  विमानस्थलको पार्किङस्थलमा  ठोक्किएका  विमानस्थलका प्रवक्ता प्रताप बाबू तिवारीले जानकारी दिए। ठक्करबाट दुवै जहाजमा समान्य  क्षतिको पुगेको तिवारीले उल्लेख गरे।