थप दुई सय चार जनामा कोरोना पुष्टि,सङ्क्रमितको सङ्ख्या १६ हजार नाघ्यो

Posted by

  असार २३, २०७७ मंगलबार काठमाण्डाै – नेपालमा कोरोना भाइरस (काेभिड–१९) सङ्क्रमितको सङ्ख्या १६ हजार नाघेको छ । 

पछिल्लो २४ घण्टामा थप दुई सय चार जनामा कोरोना पुष्टि भएको छ । विभिन्न २५ वटा प्रयोगशालामा भएको परीक्षणमा दुई सय चार जनामा कोरोना पुष्टि भएसँगै सङ्क्रमितकाे कुल सङ्ख्या १६ हजार एक सय ६८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।