थप ११६ जनामा कोरोना संक्रमण, स‌ंक्रमित संख्या १७ हजार नाघ्यो

Posted by

२०७७ असार ३० काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंका २ जनासहित ११६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिए । 

उनले हालसम्म सक्रिय संक्रमित  ६ हजार ६९५ रहेको र निको भएकासहित जम्मा संक्रमित १७ हजार ६१ रहेको जानकारी दिए । 

यस्तै बितेको २४ घण्टामा ३४  जना डिस्चार्ज भएका छन् । योसँगै संक्रमण निको हुनेको कूल संख्या १० हजार ३२८ पुगेको छ ।