थप २० जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो

Posted by

काठमाडौं, शुक्रबार, जेष्ठ ९–

नेपालमा आज (शुक्रबार) थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै संक्रमितको संख्या ५०७ पुगेको छ ।

कैलालीका तीन जना, डडेलधुराका एक जना पुरुष, बैतडीका एक जना २२ वर्षीय पुरुष, बाँकेमा १४ जना र झापामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

यस्तै आज कोरोना संक्रमणबाट निको भएर घर फर्किनेको संख्या ७० पुगेको छ । यस्तै आज विहान मात्रै ३० जनामा नयाँ संक्रमण पुष्टि भएको थियो । योसंगै आज दिउँसो सम्ममा एकैदिन संक्रमितको संख्या ५० पुगेको छ ।