दाङमा सिमेन्ट उद्योगको ढलान भत्कियो, तीन मजदुरको मृत्यु, तीन जना घाइते

Posted by

  • शनिबार, जेष्ठ, २०७६

दाङ जेठ ३२ । दाङमा सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ढलान भत्कँदा तीन जनाको मृत्यु भएको छ । 

लमही नगरपालिका–७ मा रहेको सम्राट सिमेन्ट उद्योगको नयाँ प्लान्ट निर्माणको क्रममा ६ तल्ला माथिको ढलान भत्किँदा भारतीय मजदुरको मृत्यु भएको हो । घटनामा अन्य तीन जना मजदुर घाइते भएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख अरुणकुमार सिंहले बताए ।

मृत्यु हुनेमा भारत झारखण्ड निवासी ४५ वर्षीय मंगल कस्यव, २२ वर्षीय दयाल हेरेन र ४६ वर्षीय साहेव छन् । घटनामा अजय हेरेन, दिपेन बोडोलइ, नरेन बोडलइ घाइते भएका छन् । घाइतेमध्ये  अजय र नरेनलाई लमहीमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ ।

घटना गएराति २ बजे भएको बताइएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।