दियालो परिवार नारायणगढद्वारा कमजोर आय भएकाहरुलाई राहत वितरण

Posted by

सुदिप देवकोटा,

नारायणगढ, बैशाख १५
दियालो परिवार नारायणगढले आज (सोमबार) भरतपुर महानगरपालिका वडा नं १ अन्तर्गत रहेको नारायणी पथ स्थित कमजोर आय भएका व्यक्तिहरुलाई राहत वितरण गरेको छ ।
दियालो परिवार नारायणगढले नारायणी पथका करीब ६४ जनाका लागि दैनिक आवश्यक खाद्यान्न सामाग्रीहरु वडा नं १ का कार्यवाहक अध्यक्ष यमबहादुर वाचेमगर, राहत वितरण तथा व्यवस्थापन सर्वदलिय समितिका संयोजक एवम् नगर समिति सदस्य शुक्रकुमार श्रेष्ठ, नगरसमिति सदस्य राममाया श्रेष्ठ, दियालो परिवार नारायणगढका अध्यक्ष रसिक प्रधान र नारायणी पथ टोल सुधार समितिका अध्यक्ष आश बहादुर तामाङ्गको उपस्थितिमा उक्त खाद्यान्न सामाग्रीहरु वितरण गरेका हुन् ।
वि.सं. २०३५ सालमा स्थापित दियालो परिवार नारायणगढले महिला तथा बालबालिकाको क्षेत्र, वातावरण, प्राकृतिक प्रकोप, खानेपानीको क्षेत्रहरुमा कार्य गर्दै आईरहेको छ । विश्वभरमाहामारीको रुफमा फैलिरहेको कोभिड १९ का कारणले श्रृजित यस कठिन परिस्थितिमा सो क्षेत्रमा दैनिक ज्यालादारी मजदुरी गरी आफ्नो परिवार पालिरहेका व्यक्तिहरुको नाजुक अवस्थालाई केही हदसम्म कम गर्ने उद्देश्यले प्रति व्यक्ति १० केजी चामल, १/२ लि तेल, २०० ग्राम मस्यौरा, १ केजी नून र १ केजी केराउ वितरण गरिएको छ ।

उक्त राहत वितरण कार्यक्रममा संस्थाका सचिव ईश्वरी पण्डित, कोषाध्यक्ष मणिराम ज्ञवाली, कार्यसमित सदस्यहरु क्रमशः केदारनाथ खनाल, सरला जोशी, पदम कुमार श्रेष्ठ, अशोक प्रधान, लालकुमार श्रेष्ठ, पूर्व अध्यक्षहरु क्रमशः बद्री अधिकारी, निर्मला पिया, संस्थापक सदस्य कृष्णकुमार श्रेष्ठ, कार्यकारी निर्देशक राजगोविन्द शिल्पकार, निर्देशक राजेन्द्रकुमार पिया, रविकुमार प्रधान, निर्देशक माया श्रेष्ठ र साधारण सदस्य विक्रम श्रेष्ठ लगायतको उपस्तिथी रहेको थियो ।