देउवा सरकारले जनमतको खिल्ली उडायोः प्रचण्ड

Posted by

१३ माघ, चितवन ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा सरकारले जनमतको खिल्ली उडाएको टिप्पणी गरेका छन् ।
सरकारको निर्णयहरुबारे एमालेले पत्रकार सम्मेलन गरेर व्यक्त गरेको धारणामा माओवादीको सहमति रहेको समेत बताए ।भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष प्रचण्डले देउवा सरकारका पछिल्ला निर्णयमा नयाँ सरकारले पुर्नविचार गर्ने बताए ।
सरकारका पछिल्ला निर्णयमा एमाले गरम माओवादी किन नरम भयो भन्ने प्रश्नमा प्रचण्डले भने, ‘त्यो दिन म नेपालगञ्ज र भैरहवामा थिए, केपी जीले पत्रकार सम्मेलन गर्नुपर्‍यो भन्नुभयो, म आउन ढिला भयो । तर, मैले जे कुरा भन्नु छ तपाईले भन्दा हुन्छ भनेर सहमति दिएकै थिए ।’बाँदरमुढे घटनामा ज्यान गुमाएकालाई सहिद घोषणा गरेकोमा आपत्ति नभएको तर, कामचलाउ सरकारले अनावश्यक काम नगरेको राम्रो हुने उनले बताए ।
प्रचण्डले नयाँ सरकार गठन अघि नै पार्टी एकता गर्ने गरी छलफल अघि बढेको बताएका छन् । ‘सरकार गठन अघि नै पार्टी एकता होस् भन्नेमा छु । त्यो जनभावना अनुसार पनि हुन्छ हामीले गरेको प्रतिवद्धता अनुसारपनि हुन्छ’ उनले भने, ‘हाम्रो गम्भिर छलफल भएको छ ।’