दोस्रो बेलोध खिचारा तयारी पुरा ,भोलि प्रचण्डद्धारा उद्घाटन हुने।

Posted by

रेडियो प्रभाव, पार्बतिपुर, पौष २८

भरतपुर १४,को सुन्दरवस्ती खेलमैदान मा हुने दोस्रो खिचारा महोत्सवको तयारी पुरा भएको छ। पौष २९ गते मंगलवार एक कार्यक्रम का बीच पुर्व प्रधानमन्त्रि एवं चितवन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा संसद पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने भएका छन्। थारु संस्कृति को पर्व भए पनि गैर थारु जति हरुले समेत उत्साह पुर्वक महोत्सव को तयारी गरिएको सोमवार एक पत्रकार सम्मेलन गरि जनाईएको छ।भ्रमण वर्ष २०२०को अवसर परेको हुनाले पनि महोत्सवले अर्थ राख्ने आयोजकले बिश्वास लिएको छ।।बेलोध प्रगन्ना थारु आदिवासीको आफ्नो बिशेष बसोवास क्षेत्र भएको र यस क्षेत्र भित्र रहेका आदिवासी हरुको कला संस्कृति संरक्षण गर्नु पनि उद्देस्य महोत्सवले लिएको छ।।५ दिन सम्म चल्ने महोत्सवमा ६० वटा स्टलहरु राखिएकाछन ।महोत्सव अवधिभर करिब २०००० दर्शकले अवलोकन गर्ने र करिब पैतिँस लाख रुपैँयाको कारोवार हुने आयोजकले आनुमन गरेको छ।


स्टलमा थारु संस्कृति झल्कने नमुना घर,थारु परिकार,भेषभुषाको अवलोकन संगै,जिप सफारी,डुंगा सयर,हात्ती सफारी र गाडा सयर समेत गर्न सकिने गरि तयार गरिएको छ।कार्यक्रममा पाँचै दिन राष्ट्रिय कलाकारहरु मिलन लामा,प्रकाश सपुत,शान्ति श्री परियार,दीपक लिम्बु,कुमार कट्टेल (जिग्री),मनोज चौधरी,सुनील गिरि र वलराम सरकार का साथै स्थानिए कलाकार हरुको बेजोड प्रस्तुति रहने भएको छ। सर्वाधरण लाइ रु ३० बिद्ध्यार्थिलाई रु २०, वृद्धा र अपाङ्ग हरुलाई निशुल्क प्रवेश गराईने भएको छ।महोत्सवको आयोजकमा थारु कल्यांकरिणी सभा क्षेत्रनम्बर ५ बेलोध प्रगन्ना रहेको छ भने सह आयोजकमा जागृति टोल का विकाश संस्था भरतपुर १४ रहेको छ।महोत्सवलाई भरतपुर महानगरपालिका, महानगरका ६,१३,१४,२२ र २३,जिल्ला थारु कल्याणकारिणी सभा ले संरक्षक प्रदान गरेको छ भने पटिहानी पर्यटन विकास समिति पटिहानी र पर्यटन होटेल एसोसिएसन प्रर्वदक रहेका छन्।