दोस्रो बेलोध खिचारा महोत्सव सुन्दरबस्तिमा सुरु

Posted by

रेडियो प्रभाव, सुन्दरबस्ति,पौष २९

दोस्रो बेलोध खिचारा महोत्सव भरतपुर १४ सुन्दरबस्तिमा सुरु भएको छ । बाग्मति प्रदेशका सासंद रामलाल महतोले महोत्सवको उद्घाटन गर्नुभयो । थारुकल्याणकारीणी सभाका केन्द्रिय उपाध्यक्ष बिश्नु महतोले स्वगत गर्नुभएको थियो । कार्यक्रममा पकौडि गाना समुहले स्वगत गित गाएर अतिथिलाई स्वागत गरेका थिए । अहिले कार्यक्रममा राष्ट्रिय कलाकार मिलन लामाले आफ्नो प्रस्तुति दिरहेका छन् । मेला पौष २९ गते देखि माघ ४ गते सम्म सञ्चालनमा आउने छ ।

५ दिन सम्म चल्ने महोत्सवमा ६० वटा स्टलहरु राखिएकाछन ।महोत्सव अवधिभर करिब २०००० दर्शकले अवलोकन गर्ने र करिब पैतिँस लाख रुपैँयाको कारोवार हुने आयोजकले आनुमन गरेको छ।स्टलमा थारु संस्कृति झल्कने नमुना घर,थारु परिकार,भेषभुषाको अवलोकन संगै,जिप सफारी,डुंगा सयर,हात्ती सफारी र गाडा सयर समेत गर्न सकिने गरि तयार गरिएको छ।कार्यक्रममा पाँचै दिन राष्ट्रिय कलाकारहरु मिलन लामा,प्रकाश सपुत,शान्ति श्री परियार,दीपक लिम्बु,कुमार कट्टेल ९जिग्री०,मनोज चौधरी,सुनील गिरि र वलराम सरकार का साथै स्थानिए कलाकार हरुको बेजोड प्रस्तुति रहने भएको छ। सर्वाधरण लाइ रु ३० बिद्ध्यार्थिलाई रु २०, वृद्धा र अपाङ्ग हरुलाई निशुल्क प्रवेश गराईने भएको छ।महोत्सवको आयोजकमा थारु कल्यांकरिणी सभा क्षेत्रनम्बर ५ बेलोध प्रगन्ना रहेको छ भने सह आयोजकमा जागृति टोल का विकाश संस्था भरतपुर १४ रहेको छ।महोत्सवलाई भरतपुर महानगरपालिका, महानगरका ६,१३,१४,२२ र २३,जिल्ला थारु कल्याणकारिणी सभा ले संरक्षक प्रदान गरेको छ भने पटिहानी पर्यटन विकास समिति पटिहानी र पर्यटन होटेल एसोसिएसन प्रर्वदक रहेका छन्।