धनकुटामा छुरा प्रहारबाट एक युवकको हत्या

Posted by

साउन १० धनकुटा –
साँगुरीगढी गाउँपालिका–६ भेडेटारस्थित कार्कीछापमा आज बिहान छुरा प्रहार गरी एक युवकको हत्या भएको छ ।साँगुरीगढी गाउँपालिका–६ का १८ वर्षीय सुरज राईको सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका–६ चक्रघट्टीका १९ वर्षीय निशान लिम्बूले छुरा प्रहार गरी राईको हत्या गरेका हुन् ।भेडेटामा रहेकाे एभरेष्ट होटल एण्ड लजमा कार्यरत मजदुर राई र लिम्बूबीच एकअर्कामा विवाद हुदाँ लिम्बूले छुरा प्रहार गरी राईको हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । राईको हत्या गर्नुको कारण खुल्न सकेको छैन ।होटल संचालक नभएको अवस्थामा उनीहरुबीच विवाद भएको थियो । लिम्बूले टाउकोमा छुरा प्रहार गर्दा राईको घटनास्थलमा ज्यान गएको प्रहरीले बताएको छ । घटना पश्चात् फरार रहेका लिम्बूलाई भेडेटार बजारबाट प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धनकुटा ल्याउने तयारी भैरहेको एसपी गुरुङले बताए । मृतकको लासलाई पनि आजै धनकुटा ल्याएर जिल्ला अस्पताल धनकुटामा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइने प्रहरीले बताएको छ ।