धादिङको ज्वालामुखीका एक जनामा र्‍यापिड टेस्टमा कोरोना पोजेटिभ

Posted by

धादिङ,०२ बैशाख ।

धादिङको ज्वालामुखी गाउँपालिकामा १ जनाको कोरोना परिक्षणको रिपोर्ट पोजेटिभ आएको छ । मंगलबार गाउँपालिकामा भारत लगाएत तेश्रो मुलुकबाट आएर क्वारेन्टाइनमा बसिरहेकाहरुको र्या्िपड टेस्ट (आरडीटी किट) बाट कोरोना भाइरसको परीक्षण गर्दा रिपोर्ट पोजेटिभ देखिएको ज्वालामुखी गाउँपालिकाका स्वास्थ्य संयोजक सुजन श्रेष्ठले जानाकारी दिनुभयो । पोजेटिभ देखिएका २७ वर्षिय युवक दक्षिण कोरिया बसेर गत फागुन २१ गते घर फर्किएका र उनलाई होम क्वारेन्टिनमा राखिएको थियो । मंगलबार गाउँपालिकामा भारत र तेस्रो मुलुकबाट आउने ३५ जनाको आरडिटी परीक्षण गरिएको थियो। परिक्षण गरिएका ३५ जनामा १ जनाको भने रिपोट पोजेटिभ देखिएको श्रेष्ठले बताउनुभयो ।
आरडीटी किटबाट पोजेटिभ देखिएका व्यक्तिलाई हुन पिसिआर परिक्षणका लागि सबैको नमूना संकलन गरेर काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पठाउने तयारी भईरहेको धादिङका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो । ¥यापिड टेस्टबाट रिपोर्ट पोजिटिभ देखिएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब टेस्ट गरेपछि मात्र पोजेटिभ भए नभएको थाहा हुने छ । उक्त युवा आएको विमानको पहिचान तथा अन्य विस्तृत विवरणको खोजी भईरहेको प्रजिअ तामाङले बताउनुभयो ।