धादिङमा तीन वटा गाडी एक–आपसमा ठोक्किदा दुई जनाको ज्यान गयो

Posted by

 असार १५, २०७६ आइतबार धादिङ – धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ मा तीन वटा गाडी आपसमा ठोक्किँदा २ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् । 

ज्यान गुमाउनेहरुमा धादिङ महादेवबेसीका २७ वर्षीय श्याम श्रेष्ठ र नाम,ठेगाना नखुलेकाे २०/२१ वर्षकी महिला रहेकाे धादिङ प्रहरीले जनाएको छ

प्रहरीका अनुसार लु १ ख ९०७९ नम्बरको बस, बा ३ ख १००४ माइक्रो बस र बा २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किँदा दुर्घटना भएको ।

दुर्घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाे छ ।

अन्य घाइतेहरुमध्ये १८ जनालाई राजमार्ग अस्पतालमा सामान्य उपचारपछि थप उपचारको लागि काठमाण्डाै रिफर गरिएकाे, गजुरी अस्पतालमा ७ जना र चरौदी अस्पतालमा २ जनाकाे उपचार भइरहेकाे साथै ३ जना सामान्य उपचारपछि पश्चात डिस्चार्ज भएको प्रहरीले जनाएकाे छ ।

सामान्य घाइते भएका बा ३ ख १००४ नं को बसका चालक नवलपरासीकाे मध्यबिन्दु घर भएका २७ वर्रषीय रबिन खड्कालाई जाेगिमारा प्रहरीले नियन्त्रणमा लिएकाे छ।