धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना ६ जनाको मृत्यु

Posted by

मङ्गलबार, ०७ माघ २०७६, धादिङ । धादिङमा यात्रु बोकेको मिनिट्रक दुर्घटना भएको छ । दुर्घटनामा ६ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार धादिङको ज्वालामुखी गाउँपालिका-४ मा रहेको ढोला मण्डलीमाईको दर्शन गरेर फर्किएका दर्शनार्थी चढेको ग१ख १२८० नम्बरको मिनी ट्रक दुर्घटना भएको हो ।

घाइतेहरूको जिल्ला अस्पताल धादिङमा उपचार भइरहेको उनले बताए । केही गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौं पठाईएको प्रहरीले जनाएको छ ।