नारायणगढको प्रभु बैंकमा लागेको आगलागी नियन्त्रणमा

Posted by

सोमबार, वैशाख १५
चितवनको नारायणगढमा रहेको प्रभु बैंकमा लागेको आगलागी नियन्त्रणमा लिईएको छ ।  स्थानीयवासी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिइएको हो ।

बिहान ११ः २० बजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिइएको वडा प्रहरी कार्यालय नारायणगढका प्रहरी निरीक्षक रवीनबाबु रेग्मीले बताउनुभयो । विद्युत चुहावट भई आगलागी भएको रेग्मीले जानकारी दिनुभएको छ ।  क्षतिको विवरण आउन बाँकी रहेकोे छ ।